अमेरिका पठाउछु भनी ठगी गर्ने ३ जना पक्राउ

पोखरा ८ साउन । काम गर्ने भिषामा अमेरिका पठाउछु भनी ठगी गर्ने पोखराबाट ३ जना पक्राउ परेका छन् । उनीहरुलाई केन्द्रिय अनुसंधान ब्युरोले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको छ ।


उनीहरु विरुद्ध ठगी मुद्दामा १० दिन म्याद थप गरेर अनुसंधान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएपी सुबास हमालले जानकारी दिए ।

कपिलबस्तु घर भएका पोखरा महानगरपालिका १८ भकुण्डे बस्ने बिनोद भुजेल, पोखरा २ मिरुवाका पुकार गुरुङ र पोखरा १२ रानीपौवाका प्रकाश गुरुङलाई प्रहरीले बिहिबार पक्राउ गरेको हो ।

पक्राउ पछी बिनोद भुजेलले अमेरीकामा थुनामा रहेका व्यक्तिलाई छुटाउने भन्दै ठगि गरेको पाइएको छ । उक्त समयमा जिल्ला प्रहरी कार्यालय दाङले ठगि मुद्धामा पक्राउ गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...