पोखरा, साउन ८ गते । गण्डकी प्रदेशमा मन्त्रीपरिषद् विस्तार भएको । मन्त्रीपरिषद् विस्तारसंगै सरकारले पूर्णता पाएको छ । थपिएका ६ जना मन्त्रीहरुले शुक्रबार शपथ लिनुभएको छ । उहाँहरुलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ ग्रहण गराउनु भयो ।
कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रीको शपथ लिनुभएको । यस्तै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्माले शपथ लिनुभयो ।यस्तै माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दीपक चर्ती मगरले वन, वातावरण तथा भू–संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिनुभएको छ ।
यसअघि काँग्रेसबाट कुमार खड्काले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास ,युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे), स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री हरिशरण आचार्यले मुख्यमन्त्रीसंगै सपथ ग्रहण गर्नुभएको थियो । शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी लिनुभएका खड्कालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएकोछ ।
गण्डकीमा सत्तासाझेदार दलहरुवीच मन्त्रालयमा भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । अर्थ मन्त्रालयमा काँग्रेस, माओबादी,जसपाले दावी गरेका थिए भने स्वतन्त्र सांसद राजीव गुरुङले भौतिक पूर्वाधार माग गर्नुभएको थियो ।
जसपाका हरिशरण आर्चाले ऊजर्ा जलस्रोत तथा सिंचाइ र राजीव गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्ेमवारी लिनुभएको थियो । काँग्रेस र माओबादीवीच मन्त्रालयको टुङगो लागेपछि शुक्रबार मन्त्रीपरिषद् विस्तार भएको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जसपालाई अर्थ सहित दुई मन्त्रालय दिने लिखित सम्झौता गरेपनि नदिएपछि असन्तुष्ट बनेको छ । मन्त्री आचार्य सपथ ग्रहण कार्यक्रमम समेत सहभागी हुनुभएन् ।