चितवन,साउन ९ गते । जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् । तीमध्ये २३ हजार ९३८ ले दोस्रो डोज लगाइसकेका छन् ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जिल्लामा गत माघबाट खोप अभियान सञ्चालन भएको हो । शुरुमा कोभिसिल्ड खोप लगाइएको थियो । पहिलो डोज ३९ हजार ८७९ ले लगाएकोमा दोस्रो डोज १३ हजार १७२ ले मात्रै लगाएका छन् । कोभिडसिल्ड अन्यलाई बाँकी रहेको छ ।
त्यस्तै भेरोसेल ५३ हजार ४९३ ले पहिलो मात्रा लगाइसकेका छन् । तीमध्ये १० हजार ७६६ ले दोस्रो मात्रा पनि लगाएको तिवारीले जानकारी दिनुभयो । हालसम्म चितवनको जनसङ्ख्याको १३.५ प्रतिशतलाई पहिलो मात्रा खोप लगाइसकिएको छ । जिल्लामा अनुमानित जनसङ्ख्या छ लाख ९७ हजार रहेको छ । समग्र देशको तुलनामा चितवनको खोप कभरेज बढी भएको तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “समग्र देशको सात प्रतिशत हाराहारीलाई खोप लगाउँदा चितवनमा १३.५ प्रतिशतलाई खोप लगाइएको छ ।”