पोखरा–१७ द्धारा गर्भवतीलाई पौष्टिक आहार वितरण

साउन ११ गते । पोखरा महानगरपालिका वडा नम्वर १७ ले गर्भवती महिलाहरुलाई पौष्टिक आहार वितरण गरेको छ । महानगरपालिका वडा नम्वर १७ मा रहेको सहरी स्वास्थ्य केन्द्रमा नियमीत स्वास्थ्य जाँच गराउन आउने गर्भवती महिलालाई पौष्टिक आहार सहित स्वास्थ्य सामग्री वितरण गरेको हो ।


केन्द्रले सोमबार ४८ जना गर्भवती महिलाहरुलाई प्रति ब्यक्ति एक क्यारेट अण्डा,मास्क, घ्यू ,साबुन,सेनिटाइजर वितरण गरेको छ । वडा अध्यक्ष तिर्थराज अधिकारी, कार्यपालिका सदस्य राधिका शाही योगी लगायतले गर्भवती महिलाहरुलाई पौष्टिक आहार सहित स्वास्थ्य सामग्री वितरण गर्नुभयो । गर्भवती महिलाहरुलाई महानगरले सञ्चालन गरेको स्वास्थ्य केन्द्रमा नियमति स्वास्थ्य जाँचका लागि आउने वातारण बनाउन पौष्टिक आहार वितरण कार्यक्रम यही आर्थिकबाट सञ्चालन गरिएको कार्यपालिका सदस्य राधिका शाहीले बताउनुभयो ।

सहरी स्वास्थ्य केन्द्रमा निशुल्क रुपमा स्वास्थ्य जाँच हुने गरेको भएपनि त्यस बारे थाहा नभएर नीजि क्लिनिकमा जाने तर महङगो शुल्क तिर्न बाध्य हुने भएकाले विपन्न अवस्थाका गर्भवतीहरुलाई प्रोत्साहन स्वरुप कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । गर्भवतीको सेवा निशुल्क छ भन्ने थाहा नहुदाँ पैशा नहुनेहरुलाई प्राइभेट क्लिनिकहरुमा जाने गर्नुभएको छ उहाँले भन्नुभयो, ‘यहाँ नियमित जाँचमा आउने र वडाले दिएको सेवा सुविधा बारे सबैलाई जानकारी गराउन कार्यक्रम सञ्चालन गरिएको हो ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...