पोखरा, साउन ११ गते ।गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण दर बढेको छ । पछिल्लो २४ घण्टामा ७१० नयाँ संक्रमित थपिएका छन् ।निषेधाज्ञा खुकुलो भएसंगै गण्डकी प्रदेशमा संक्रमण बढेको हो । गत बैशाखमा निषेधाज्ञा थपिएपछि घटेको संक्रमण दर सोमबार ह्वात्तै बढेको छ । गण्डकीका ११ जिल्ला मध्य कास्कीमा सबैभन्दा धेरै ३०४ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै नवलपरासीमा १३०, स्यांजामा ६०, बाग्लुंगमा ३५, तनहुँमा ७९, लमजुगमा २७, गोरखामा १९, पर्वतमा ४३, म्याग्दीमा ६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गण्डकीमा पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका ५ जना, बाग्लुगका १, स्यांजाका १ र नवलपरासीका १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।