जनतासंग गरेका प्रतिबद्धता पुरा गर्छु :मन्त्री बराल

पोखरा, साउन १४ गते । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले प्रदेशका जनताको आवश्यकता र प्रथामिकताको आधारमा जनतासामु गरेका प्रतिबद्धता पुरा गर्न पहल गर्ने बताउनु भएको छ । पोखरा महानगर हेमजामा आयोजित बधाई कार्यक्रममा मन्त्री बराले भन्नुभयो, गत निर्वाचनमा गरेका प्रतिबद्धता गराउन आफु प्रतिबद्ध छु ।


उहाँले नेपाली जनताले अझै बाम गठबन्धन र एकता होस भन्ने चहाना राख्ने गरेको मन्त्री बरालको भनाई थियो । उहाँले भन्नुभयो “ म के विश्वास दिलाउन चहान्छु भने नेपालमा एउटै कम्यूनिष्ट पार्टी बन्छ । त्यो सन्देश हेमजाबासीले दिनु भएको छ ।” निर्वाचनका वेला, निर्वाचन पश्चात र हाल पनि कम्यूनिष्टहरु एक हुनुपर्छ भन्ने हेमजाबासीको सन्देशले आफुहरुलाई पनि बाम एकता हुनुपर्ने पक्षमा रहेको महसुस भएको बताउनुभयो । मन्त्री बरालले भन्नुभयो,“राजनीतिक हिसावले केही दरार भए पनि हेमजाबासीका कम्यूनिष्टमा सधै कम्युनिष्टहरु एक हुनुपर्छ भन्ने एकताको सन्देस दिइनै राख्नु भएको छ, एकता हार्दिकता, आत्मियताले हामीलाई थप बल पुगेको छ ।”

पोखरा महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष शोभाखर तिमिल्सिनाले नेपालका कम्यूनिष्टहरु एक हुनुपर्ने बताउनुभयो । पोखरा महानगरपालिकाले आफ्नो वडालाई सौतेनी व्यवहार गरेर माग गरेको बजेटमा न्यूनतम बजेट विनियोजन गरेको उहाँले गुनासो गर्नुभयो । नेपाल कम्यूनिष्ट पार्टी पोखरा २५ हेमजा कमिटिको संयोजनमा भएको बधाई ज्ञापन कार्यक्रममा स्थानिय आमा समुुह, युवा क्लव तथा विभिन्न संघ संस्था र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । हेमजा लाम्पाटा, हेमजा सुइखेत खोला नियन्त्रण समिति, याम्दीका आमा समुह लगायतले स्थानिय रुपमा रहेको समस्या समधान गर्न मन्त्री समक्ष आग्रह गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...