पोखरा, साउन १५ गते । आन्तरीक पर्यटकको भिड बढेपछि पोखरा २२ मा रहेको पुम्दीकोट अवलोकनका लागि बन्द गरिएको छ । पोखरा महानगरपालिकाको २२ नम्वर वडामा पर्ने पुम्दीकोटलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने उद्देश्यले विशाल महादेवको मर्ति स्थापना गरिएको छ । ५१ फिट अग्लो महादेवको बसेको मुर्ती स्थापना भएसंगै त्यहाँ दर्शन गर्न जाने पर्यटको भिड बढेको हो ।
महादेवको मुर्तिको दर्शनसंगै फोटो खिचाउन जानेहरुको संख्या ह्वात्तै बढेपछि शुक्रबारदेखि अर्को सुचना जारी नभएसम्मका लागि पुम्दीकोट विशाल महादेव परिसर दर्शन तथा अवलोकन गर्न बन्द गरिएको सुचना वडा कार्यालय शुक्रबार सार्वजनीक गरेको छ ।
मुर्ति दर्शनका लािग पछिल्लो समय दर्शनार्थीहरुको उपस्थिती अत्याधिक हुन गएको र कोरोना भाइरस संक्रमणको दर बढेको भन्दै वडा कार्यालयले एक सार्वजनीक सुचना जारी गदै अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ । वडा अध्यक्ष मित्रलाल बरालले अत्यन्त जरुरी सुचना जारी गदै सवैलाई सुरक्षित हुनका लागि र कोरोना संक्रमण दरलाई न्यूनिकरण गर्न बाध्य भएर बन्द गरिएको बताइएको छ ।