खोप केन्द्रमा धाँधली

काठमाडौँ, साउन १७ गते । भक्तपुर दधिकोट बस्ने ५३ वर्षीया लक्ष्मी शर्मा पौडेल बिहानैदेखि खोप लगाउने आसमा लाइनमा बस्नुभयो । उहाँले दिउँसोसम्ममा पनि खोप लगाउन पाउनुभएन । अन्त्यमा खोप नलगाई घर फर्कनुभयो । गाम्चाचोकदेखि चित्रपुर र दधिकोटस्थित सूर्यविनायक नगर अस्पतालको बाहिरसम्म खोप लगाउनको भीड थियो ।


खोप लगाउने भीडमा सरकारले तोकेका लक्षित समूहभन्दा युवकयुवती र वयस्क धेरै थिए । उनीहरूमध्ये कतिपयले खोप लगाउन पाए । कतिपयले खोप नलगाई फर्के । त्यही युवकयुवतीको भीडमा रहनुभएकी लक्ष्मीजस्ता अरू धेरै लक्षित समूहका व्यक्तिले खोप लगाउन पाउनुभएन ।

यो भक्तपुरको एउटा खोप केन्द्रमा देखिएको दृश्य हो । यस्ता दृश्य धेरैजसो खोप केन्द्रमा देखिने गरेका छन् । भक्तपुर स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजार खोप केन्द्रमा भीड हुनुलाई सामान्य ठान्नुहुन्छ । लक्षित समूहभन्दा पनि युवकयुवती गएर खोप केन्द्रमा धाँधली गर्ने गरेको उहाँ बताउनुहुन्छ । स्वास्थ्य प्रमुख मिजार भन्नुहुन्छ, “युवकयुवती नै अघि सरेपछि सरकारले तोकेका लक्षित समूहले खोप लगाउन पाएनन् ।” अहिले सरकारले ५० वर्षमाथिका व्यक्तिलाई खोप लगाइरहेको छ ।खोप केन्द्रमा भएको भीडले गर्दा खोप केन्द्रबाटै कोरोना सर्न सक्ने सम्भावना रहेको मिजारको भनाइ छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...