राम्रो काम लगाइदिने प्रलोभनमा यौन शोषण गर्न लगाउने दुई पक्राउ

पोखरा, साउन १८ गते ।मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरामहानगरपालिका वडा नं.१२अमरसिंहचोकस्थित एस.के. खाजाघर संचालन सोनाम गुरुङ र पोखरा वडा नं.२७ रिठ्ठेपानी बस्ने बर्ष ३२ को रोशन गुरुङलाई पक्राउ गरेकोे छ ।

राम्रो काममा लगाईदिन्छु भनि महिलाहरुलाई डरत्रास देखाई ललाई फकाई प्रलोभनमा पारी पैसाको मोलमोलाई समेत गरी यौनशोषण गर्न लगाउने गरेको भन्ने सुचनाको आधारमा पक्राउ गरिएको प्रहरीेले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालाय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी मानव वेचबिखन तथा ओसार पसार मुद्धामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पिडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाईएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...