नेपालमा ४६ लाख ९२ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, साउन १८ गते । कोरोना विरुद्धको खोप अभियान अन्तर्गत आइतबारसम्म ४६ लाख ९२ हजार २६ जनाले काेभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् ।

 

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोप लगाएर नेपालमा २०७७ माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो । हालसम्म १८ लाख २८ हजार ४८४ जनाले कोभिसिल्डको पहिलो डोज खोप लगाएका छन् । जसमध्ये चार लाख ६० हजार ३०८ जनाले मात्र दोस्रो डोज लगाउन पाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अझै १३ लाख ६८ हजार १७६ जनाले कोभिसिल्डको दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...