गोरु काटेको आरोपमा ६ जना पक्राउ

पोखरा, साउन १९ गते ।कास्कीको माछापुच्छे गाँउपालिकामा गोरु काटेको आारोपमा कास्की प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा माछापुच्छे गाँउपालिकाका २७ वषीय जितबहादुर तामाङ,कुल बहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनाश तामाङ, अरुण तामाङ, सुकमाला तामाङ रहेका छन् ।

साउन १७ गते माछापूच्छ्रेगाउँपालिका वडा नं २ भुर्जुङखोला गैह्राकसेरीमा गोरु काटेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले ६ जनलाई पक्राउ गरेको हो । गोरुको टाउको,मासु र मासु काट्न प्रयोग हुने हतियार सहित फेलापारी नियन्त्रणमालिई पशुपंक्षी सम्बन्धी कसूर अन्तरगत थप अनुसन्धानको कार्य अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका ब्यक्तिहरुलाई पशुपंक्षी सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट दिन ९ को म्याद थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...