गण्डकीमा बढयो संक्रमण र मृत्यु, ६१६ जनामा संक्रमण पुष्टि, ९ जनाको मृत्यु

पोखरा, साउन २१ गते । गण्डकीमा कोरोना संक्रमित र बृद्धि दर ह्वत्तै बढेको छ । निषेधाज्ञा खुकुलो भएसंगै संक्रमणको दर बढेको हो । गण्डकीमा बिहिबार ६ सय १६ जनामा संक्रमण पुष्टि भएको छ । १२ सय ६२ जनाको परीक्षण गर्दा ६ सय भन्दा बढिमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिएका मध्य कास्कीमा १९३ जनामा कोरोना भाइरस पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । त्यस्तै बाग्लुंगमा १ सय, म्याग्दीका ३७ जना, पर्वतका १३ जना, गोरखाका ४३ जना, लमजुङका १९ जना, तनहुँका २३ जना, स्याङ्जाका ७२ जना र नवलपुरका ७८ जना, मा सक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा गण्कडीमा कोरोना संक्रमित ९ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ९ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।मृत्यु हुनेमा नवपरासी ३ जना, कास्की २ जना, गोरखा १ जना, स्यांजा १ जना, बाग्लुग १ जना र मुस्तांगका १ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...