निषेधाज्ञा खुकुलो भएसंगै कास्कीमा बढ्यो संक्रमण

संक्रिय संक्रमित २३ सय नाधे, ४७३ को मृत्यु

पोखरा, साउन २२ गते ।कास्कीमा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको निषेधाज्ञा खुकुलो भएसंगै कोरोना संक्रमितको संख्या ह्वत्तै बढेको छ । कोरोना भाइरस संक्रमणको दोश्रो लहर बृद्धि भएसंगै कास्कीमा गत बैशाख १५ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा खुकुलो बनाएसंगै कास्कीमा संक्रमण दर बढेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । कास्की पाँच स्थानीत तह मध्य सबैभन्दा धेरै संक्रमितको संख्या पोखरा महानगरमा रहेको छ । पोखरामा सार्वजनीक यातायात, ब्यापार ब्यवसाय लगायत सबै खुल्ला भएपछि भिडभाड बढेसंगै संक्रमित थपिएका हुन् ।


गण्डकीका ११ जिल्ला मध्य प्रदेशको राजधानी रहेको कास्कीमा हाल संक्रिय संक्रमितको संख्या २ हजार ३ सय ९ जना रहेका छन् । कास्कीमा हालसम्म संक्रमितको संख्या २८२८४ पुगेकोमा २५५०२ जना संक्रमणमुक्त भएका छन् ।कास्कीमा हालसम्म कोरोनाबाट ४ सय ७३ जनाले ज्यान गुमाएका छन् । कास्की कोरोना संक्रमणको रेड जोनमै रहेको छ । सरकारले ५ सय भन्दा बढि संक्रमित भएको जिल्लालाई रेड जोन घोषणा गरेको छ भने उक्त संख्या भएका जिल्लालाई निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ ।

 

गण्डकी प्रदेशका ११ जिल्लाको तथ्याङक अनुसार संक्रमित संक्रमित ५ हजार ६ सय ८६ जना रहेका छन् भने गण्डकीमा मृत्यु हुनेको संख्या ११०९ जना पुगेका छन् । गण्डकीमा अहिलेसम्म २ लाख ७९ हजार २८८ जनाको परिक्षण भएकोमा ७० हजार २ सय ६७ जना संक्रमित भएका थिए भने अहिलेसम्म ६३ हजार २ सय ९१ जना कोरोना मुक्त भएका छन् । यो सँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १ हजार १ सय ११ जना पुगेका छन् ।यसैवीच संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले कडाई गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले मास्क नलगाई हिड्ने व्यक्तिहरुलाई संक्रामक रोग ऐन, २०२० तथा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही समेत गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...