चौतारा अस्पतालमा पिसिआर मेसिन

जिल्ला सदरमुकामस्थित चौतारा अस्पतालमा कोरोना परीक्षण गर्न पिसिआर मेसिन आइपुगेको छ । वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा सो उपकरण ल्याइएको हो । अब स्वाब परीक्षणका लागि धुलिखेल जानुपर्ने बाध्यता हटेको छ ।

बाँदर र बँदेलको आतङ्क

जिल्लाको इन्द्रावती गाउँपालिका– ५ का कृषक बाँदर र बँदेलको आतङ्कदेखि हैरान भएका छन् । लगाएको बाली दिउँसै बाँदरले खाएर हैरानी खेपिरहेका स्थानीयबासी कुमार आचार्य दुखेसो पोख्नुभयो । उहाँले भन्नुहुन्छ, “हामी त भोक भोकै मर्ने भयाँै, न राज्यले वास्ता गरेको छ, न बाँदर र बँदेल धपाउनै सकेका छौँ । कसरी घर परिवार धान्ने ?”

किसान पारसनाथ आचार्यको पीडा पनि उस्तै छ । उहाँले भन्नुभयो “बाँदर र बँदेलकै कारण कृषिबाट पलायन हुने अवस्था नआउँला भन्न सकिदैन, भोकभोकै मरिएला जस्तो छ, परिवार धान्न धौधौ पर्ला जस्तो छ । अब कसरी, कहाँ, के गर्ने अन्योलमा छु । ”

बाँदर र बँदेलको आतङ्कबाट क्षति बेहोरेका विवरण गाउँपालिकालाई बुझाए पनि सहयोग नआएको पीडितको गुनासो छ । बाँदरबाट पीडित भएर आफू पटकपटक गाउँपालिका धाउँदा पनि कुनै प्रतिक्रिया नआएको उहाँको भनाइ छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...