पोखरा, साउन २५ गते । जिल्ला प्रहरी कार्यालय कास्कीले जबरजस्ती करणीको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङजा अर्जुन चौपारी स्थायी घर भई हाली पोखरा महानगरपालिका वडा नं.१७ बिरौटा बस्ने वर्ष ३६ का राजु भन्ने ख्याम बहादुर घर्ती रहेका छन् ।
एक २६ वर्षे महिलालाई डर, त्रास, धाक, धम्की दिई होटलमा लगेर जबरजस्ती गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पोखरा लेकसाइड खहरेमा रहेको एक होटलमा लगी महिलालाई जबरजस्ती गरेको भन्ने जाहेरीको आधारमा पक्राउ गरेको कास्की प्रहरीले जनाएका छ । पक्राउ गरिएका उनलाई जबरजस्ती करणी उद्योग सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।