पोखरा, साउन २७ गते ।सरकारले जारी गरेको अािर्थक यर्थाथपत्रमा उल्लेख भएअनुसार कोरोना महामारीका कारण गरिबी र बेरोजगारीको सङ्ख्या थप बढ्ने देखिएको छ । मुलुकमा १८।७ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको र कोरोनाले त्यसमा तीनदेखि चार प्रतिशत थप वृद्धि भएको प्रारम्भिक अनुमान छ । कोरोनाले सबैभन्दा बढी मारमा गरिब र सीमान्तकृत समूह नै सबैभन्दा बढी जोखिममा परेका छन् ।
आर्थिक नीति गरिब तथा सीमान्तकृत समूह केन्द्रित हुन नसकेका कारण तथा आर्थिक वृद्धिदरको तुलनामा पूँजीमा आधारित आयको प्रतिफल दर उच्च रहेकाले आर्थिक असमानता बढ्दै गएको आँकलन गर्न सकिने यर्थाथपत्रको ठहर छ । आर्थिक वृद्धिबाट प्राप्त लाभसमेत तल्लो तहमा पुनःवितरण हुन सकेको छैन ।
आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गरी संविधानले परिकल्पना गरेको समनतामूलक समाज निर्माण गरी गरिबी निवारण र आय असमानता अन्त्य गरी नीतिगत सुधार तथा साधन परिचालन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।