पोखरा, साउन २७ गते ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको सत्ता बहिर्गमन निश्चित प्रयाय भएको छ । उनी विरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि आज प्रदेश सभामा छलफल हुँदैछ । प्रतिपक्ष दलहरुले विशेष अधिवेशन माग गरेपछि लम्विनीका प्रदेश प्रमुख अमिक शेरचनले आजको लागि बैठक आह्वान गरेका थिए ।
अधिवेशन आज दिउँसो १ बजे बस्दैछ ।मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक अविशवास प्रस्ताव दर्ता गराएका थिए । प्रदेश सभाअघि मुख्यमन्त्री पोखरेलले राजीनामा दिनसक्ने बताइएको छ ।
प्रदेश सभामा पोखरेल अल्पमतमा परिसकेका छन् ।लुम्बिनीमा सत्तारुढ दल एमालेका ३८ सांसद छन् । बहुमतका लागि ४१ सांसदको समर्थन आवश्यक पर्छ । लुम्बिनीमा हाल कायम प्रदेशसभा सदस्यहरुको संख्या ८० छ । विपक्षी दल नेपाली कांग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन् । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पारित हुन ४१ मत नै आवश्यक पर्छ ।