विद्युत प्राधिकरणकाे प्रमुखमा घिसिङ, उर्जा आयोगमा शाक्य

काठमाडौं, साउन २७ गते । सरकारले नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेकाे छ  ।

उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा मन्त्रिपरिषद्को निर्णय आइपुगेको र आज उहाँलाई नियुक्ति गर्ने प्रक्रिया थालिएको मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले बताउनुभयो । आजै उहाँले पदबहाली गर्ने प्रवक्ता भेटवालले बताउनुभयो ।

 

हाल बहालवाल प्रमुख कार्यकारी हितेन्द्रदेव शाक्यलाई भने उर्जा आयोगको विज्ञको जिम्मेवरी दिइने भएको छ । शाक्यलाई विशिष्ट श्रेणी सरह र खाइपाइ आएकाे सुविधा कटाैती नहुने गरी उर्जा आयाेगमा विज्ञका रूपमा पठाउने तयारी भएकाे प्रवक्ता भेटवालले बताउनुभयाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...