पोखरा, साउन २७ गते ।कास्कीमा निषेधाज्ञा लम्विएको छ ।
जारी निषेधाज्ञा भदौ ३ गतेरातीम्म १२ बजेसम्म थप गरिएको छ । विगतकै खुकुलो अवस्था कायम गदै निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
कास्की प्रशासनले कोभिड १९ को संक्रमणदर र मृत्युदर बढ्दै गएकोले यसअघि साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई भदौ ३ गतेसम्म निरन्तरता दिएको जनाएको छ । यस अघि स्थिति अपेक्षाकृत नियन्त्रणमा आइनसकेको भन्दै विभिन्न सेवा खुकुलो पारेर निषेधाज्ञाको अवधि साउन २७ गतेसम्म थप गरिएको थियो ।
निषेधाज्ञामा कास्की जिल्लामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाइएको छ भने लामो दुरीका सवारी साधन सम्बन्धित संघ सस्थाको सिफारिशको आधारमा जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरि संचालन गर्न पाइनेछ । त्यस्तै भीडभाड हुने कार्यक्रममा रोक लगाइएको छ । होटलहरुले बेड क्षमताको आधारमा ५० प्रतिशत पाहुना राख्न पाइने उल्लेख गरिएको छ ।