पोखरामा तपाईको मास्क खोई ? अभियान सञ्चालन

पोखरा, साउन २८ गते । कास्कीमा कोरोना भाइरस संक्रमण तिव्र रुपमा फैलिएपछि तपाईको मास्क खोई ? अभियान सञ्चालन गरिएको छ । कास्कीमा गत बैशाख १५ गतेबाट जारी निषेधाज्ञालाई झण्डै दुई महिनापछि खुकुलो बनाएसंगै कोरोना संक्रमितको संख्या र मृत्यु बढेको छ ।

संक्रमण बढेसंगै पोखरामा प्रहरीको संक्रियतामा मास्क वितरण लगायत जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको हो । बिहिबार वडा प्रहरी कार्यालय बैदामको आयोजना तथा सामुदायिक प्रहरी सेवा केन्द्र बैदाम र सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय सिमित कास्कीको सहकार्यमा माक्स वितरण कार्यक्रम आयोजना गरिएको हो ।

 

‘नेपाल मास्क अभियान कार्यक्रम’ अन्तरगत पोखरा महानगरपालिका वडा नं.८ सिद्धार्थचोकमा आयोजित उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले कार्यक्रमको सुरुवात गर्नुभयो ।

 

संक्रमण विरुद्ध आफू पनि बचौ र अरुलाई पनि बचाऔ भन्ने उदेश्यले “नियमित रूपमा साबुन पानीले हात धोऔं, सही तरिकाले मास्कको प्रयोग गरौं, सामाजिक दूरी कायम गरौं, अनावश्यक भीडभाड तथा जमघट नगरौं” जस्ता नारा लेखिएका प्लेकार्ड बोकी पोखराको सिद्धार्थ चोकदेखी महेन्द्रपुल सम्म ¥याली समेत आयोजना गरिएको थियो । कार्यक्रमा ५०० थान मास्क समेत  वितरण गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...