लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

बुटबल, साउन २८ गते । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामा जनाइएको छ ।

 

केसीलाई मुख्यमन्त्री नियुक्त गर्न आजै चार दलीय गठबन्धनले ४२ जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष बहुमतको सरकार गठनका लागि दाबी पेश गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...