रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार तनहुका कुमार मोहनलाई

पोखरा,भदौ ४ गते । पोखरा फोटोग्राफर संघद्वारा संचालित ‘रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार’ तनहुंका फोटोग्राफर कुमार मोहन श्रेष्ठलाई प्रदान गरिने भएको छ । १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा पोखरा फोटोग्राफर संघले बिहिवार एक कार्यक्रमका विच उक्त पुरस्कार घोषणा गरेको हो ।

गण्डकी प्रदेशभरी वाट आएका सिफारिसका आधारमा श्रेष्ठलाई छानिएको पुरस्कार छनोट समिती संयोजक राममणि पौडेलले बताए । पुरस्कार राशि २५ हजार ५ सय ५५ सहित सम्मानपत्र रहेको छ । पोखराका फोटोग्राफर गणेश छवि÷तिर्थ श्रेष्ठले पिता रामलाल र माता श्रीमाया श्रेष्ठको सम्मानमा १ लाख ५५ हजार अक्षयकोष स्थापना गरि सो पुरस्कार प्रत्येक २ वर्षमा प्रदान गरिँदैआएको छ । फोटोग्राफी व्यवसाय तथा फोटो माध्यमबाट समाजमा उल्लेख्य योगदान दिने फोटोग्राफरलाई प्रदान गरिने सो पुरस्कारबाट यसअघि पोखराका अग्रज फोटोग्राफर विश्वरत्न शाक्य, नारायण बाटाजु , रमा राना र मदन सुब्वा सम्मानीत भइसकेका छन् ।

पोखरा फोटोग्राफर संघका अध्यक्ष जनक तिवारीका अनुसार उक्त पुरस्कार आगामी साधारण सभामा प्रदान गरिने छ । श्रेष्ठ बिगत ५० वर्ष देखीफोटोग्राफी पेशामा लागि आवद्ध रहेको र अहिलेपनि सम्झनाफोटो दमौली संचालन गरिरहेका छन। यतिलामो इतिहास बोकेका फोटोग्राफर लाई पुरस्कृत मा छनौट गर्न पाउदाफोटोग्राफरहरुको शिर उँचो भएको छनौट समिति सदस्यदुर्गा प्रसाद पौडेलले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...