गण्डकीमा २६९ संक्रमित थपिए, चार जनाको मृत्यु,६५४ निको भए

पोखरा, भदौ ७ गते ।पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै थप चार जना संक्रमितको मृत्यु भएको छ भने ६५४ जना निको भएका छन् ।

गत २४ घण्टामा प्रदेशका विभिन्न जिल्लामा १०३९ जनाको नमुना परीक्षण गर्दा २६९ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ संक्रमितमध्ये कास्कीका १६४ जना छन् भने स्याङ्जाका २८ र नवलपरासी पूर्वका २५ जना छन् ।
यस्तै गोरखा र लमजुङमा १७र१७, बागलुङमा ९, म्याग्दी र तनहुँमा ४र४ र पर्वतमा एक जना संक्रमित भेटिएका छन् ।

 

निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार २६ पुगेको छ । तीमध्ये ७३ हजार २०५ जना निको भएका छन् भने १ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । प्रदेशभर हाल ४ हजार ५७८ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...