आलमकाे सुनुवाइ स्थगित

काठमाडौं, भदौ ११ गते । मोहम्मद आफताब आलमको मुद्दामा सुनुवाइ स्थगित भएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा आलमको मुद्दाको पेशी तोकिएको थियो ।


सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले विपक्षीको कानुन व्यवसायीबाट स्थगितका लागि माग भए बमोजिम उक्त मुद्दामा सुनुवाइ हुन नसकेको जानकारी दिनुभयो । २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा संलग्न भएको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

 

उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो । सोही निवेदनमाथि शुक्रबारका लागि पेशी तोकिएको थियो । रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई २०७६ असोज २६ मा पक्राउ गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...