गण्डकी ३५० नयाँ संक्रमित थपिए, ६ जनाको

पाेखरा । काेराेना भाइरस संक्रमणका कारण शुक्रबार गण्डकी प्रदेशमा थप ६ जनाकाे ज्यान गएकाे छ । याे सहित प्रदेशभर १ हजार १७४ जनाले काेराेनापछि ज्यान गुमाएका छन् ।

शुक्रबार पाेखरा महानगरपालिका- १५ की ५६ बर्षिय महिला, पाेखरा -२९ कि ७८ बर्षिय महिला तथा पाेखरा ३२ का ६० बर्षिय पुरूषसहित पर्वत कुश्मा नगरपालिका २ का २९ बर्षिय युवकले ज्यान गुमाएकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ । यस्तै, स्याङ्जा चापाकाेट नगरपालिका ४ का ५८ बर्षिय पुरूष र भिरकाेट नगरपालिका ४ का ५५ बर्षिय पुरूषकाे निधन भएकाे निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख  छ।

 

पछिल्लाे २४ घण्टाकाे अवधीमा प्रदेशभर कुल १ हजार ४८ जनाकाे परिक्षण भएकाे र साे बाट ३५० नयाँ संक्रमित फेला परेकाे निर्देशनालयले जनाएकाे छ । याे अवधिमा ५४५ जना निकाे भएका छन् ।गण्डकीमा शुक्रबारसम्म ३ हजार ८६० जना सक्रीय संक्रमित रहेका छन् । जसमा कास्कीका मात्र १ हजार ६९१ जना रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...