पोखराको यो ठाँउ जहाँ आन्तरीक पर्यटकको भिड लाग्यो(फोटो फिचर)

पोखरा, भदौ १२ गते । गत वर्ष सातमहिना लकडाउन भयो ।पर्यटकीय सहर पोखरा सुनसान बन्यो । त्यसपछि दशैँ आयो ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसले देश लकडाउन हुदाँ सवै क्षेत्र ठप्प भयो । सबैभन्दा ठूलो मारमा पर्यटन क्षेत्र प¥यो ।

सधै गुल्जार हुने पोखराको पर्यटकीय क्षेत्रहरु सुनसान बने । अहिलेसम्म बन्द नभएको लेकसाइडका सडक सुनसान, र रेष्टुरेन्ट तथा होटलका ढोका बन्द भए । लकडाउन भएको झण्डै सात महिनापछि चलाएमान बनेको लेकसाइडमा चहलपहल बढदै थियो । दशैँसंगै पोखराको पर्यटन चलाएमान हुदै गर्दा फेरी कोरोनाको दोश्रो लहर फैलियो ।

फेरी पर्यटन क्षेत्र ठप्प भयो । प्रशासनले बैशाख १५ देखि निषेधाज्ञा जारी गरेपछि घरमै सिमित हुनुपर्ने अवस्था बन्यो । अझै पोखराका पर्यटकीय क्षेत्रहरु पूर्ण रुपले खुलेका छैनन् ।


पोखराका प्रमुख पर्यटकीय गन्तब्यहरुमा प्रशासनले रोक लगाएको छ । भिडभाडले कोरोना संक्रमण फैलिने भएकाले भिडभाड हुने क्षेत्रहरुमा जान रोक लगाइको छ ।

पोखराको पर्यकीय केन्द्र फेवाताल, विश्वशान्ति स्तुपा, पुम्दीकोट, महेन्द्र गुफा, पातले छाँगो, गुप्तेश्वर गुफा लगायतका पर्यटकीय स्थलहरुमा प्रशासनले रोक लगाएको छ । यी पर्यटकीय स्थलहरुमा प्रशासनले रोक लगाएपछि गुमनाम रहेका तर पर्यटकीय आकर्षणका केन्द्र बन्न सक्ने स्थानहरुमा पोखरेलीको भिड लागेको छ ।


गण्डकी प्रदेश स्वास्थ्य निर्देशनायले हालै पोखराको मुख्यचोक सृजनाचोकमा निर्माण भएको आकाशेपुल, फेवा पावर हाउस लगायतका ठाँउमा भिड बढेको भन्दै रोक लगाएको छ ।

प्रशासनको आग्रह र अनुरोधलाई समेत व्यवास्था गदै पोखरेलीहरु घुम्न निष्केका छन् । पोखरा महानगरपालिका वडा १८ जामनुबोटमा रहेको डाँडामा आन्तरीक पर्यटकको भिडभाड बढेको छ । शनिबार सयौ आन्तरीक पर्यटक त्यहाँ रमाइरहेका थिए । पोखरा बजार, फेवाताल र हरियाली जंगल देखिने उक्त अग्लो डाँडामा सेल्फी खिचाउदै रमाइलो गर्नेहरुको भिड देखिन्थ्यो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...