सवारी चालक लाइसेन्सको ट्रायल शुक्रबारदेखि

काठमाडौं । चार महिनादेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल आगामी शुक्रबारदेखि हुने भएको छ।लाइसेन्सको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्न यातायात व्यवस्था विभागले देशभरका २१ वटा यातायात कार्यालयलाई पत्राचार गरेको छ।

काठमाडौँ उपत्यकामा यही भदौ १८ गते चालक अनुमतिका लागि ट्रायल शुरु हुने र उपत्यका बाहिर १५ दिनपछि हुने विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिए ।

काठमाडौँमा रहेको यातायात कार्यालयले १८ गतेबाट लाइसेन्सको लागि (ट्रायल)ं परीक्षा सञ्चालन गर्नेछन्’ उनले भने, ‘बाहिरका कार्यालयले दुईसाताभित्र सञ्चालन गर्छौ भनेका छन् ।’पहिलो चरणको लकडाउनका कारण २०७६ चैत्रबाट बन्द भएको ट्रायलको कामलाई विभागले डिजिटल माध्यमबाट फारम भर्न मिल्ने गरी ७७ पुस १४ गतेबाट खुलाएका थियो ।

 

यससँगै करिब ४ महिनापछि कोरोनाभाइरस न्यूनीकरणका लागि गरिएको दोस्रो चरणको लकडाउनसँगै गत वैशाख १६ गतेबाट लाइसेन्सको काम बन्द भएको थियो ।पुसदेखि वैशाखसम्म फारम भरेका झण्डै ६ लाख परीक्षार्थी ट्रायलको प्रतिक्षामा छन् । ६ लाख परीक्षार्थीले ट्रायल दिन कम्तीमा ५ देखि ६ महिना लाग्ने विभागको अनुमान छ ।

 

झन्डै ६ लाखको परीक्षा सञ्चालन गर्नुपर्ने अवस्थामा विभागले नयाँ आवेदन भने तत्काल लिने सम्भावना कम देखिन्छ। पुराना परीक्षार्थीको संख्या ६ लाखको हाराहारीमा रहेकाले नयाँ कहिलेबाट खुलाउने भन्ने निश्चत नभएको विभागका महानिर्देशक नमराज घिमिरे बताउँछन् ।‘हामीले यातायात कार्यालयलाई डबल सिफ्टमा काम गराउन भनेका छौं संख्या घट्दै गएपछि नयाँका लागि अनलाइन फारम खोल्ने तयारी गर्नेछौं’, उनले भने।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...