मनसुन मत्थर हुन अझै एक साता लाग्ने

सक्रिय रहेको मनसुन मत्थर हुन अझै एक साता लाग्ने भएको छ । नेपालको सिमानामै रहेको न्यून चापीय रेखा तल नझरेसम्म मौसम सुधार हुने अवस्था नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


जुलाई र अगस्ट महिना मनसुन उच्च रूपमा सक्रिय रहने महिना हो । सोही कारण पनि अगस्ट महिनाभर र सेप्टेम्बरको पहिलो सातासम्म पनि यो वर्षको मनसुन सक्रिय नै रहने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार शनिबारसम्म तराई केन्द्रित रहेको मनसुनी वर्षा अब नेपालको पूर्वी भेग र सुदूूरपश्चिम भेगमा थप सक्रिय बनेको छ ।

 

जसअनुसार अबको दुई दिन प्रदेश १ र सुदूरपश्चिम प्रदेशका विभिन्न भेगमा भारी वर्षा हुने आँकलन गरिएको छ । तराई छोएका जिल्लामा पनि वर्षा हुँदै रोकिँदै गरेर मनसुनले आफ्नो सक्रियता जनाउने भएको छ । साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली भेगका पहाडी इलाकाको केही स्थानमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ । अबको एक सातापछि मात्र मौसममा हल्का सुधार हुँदै जाने अनुमान गरिएको छ ।

 

ई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा भएको छ । यसअघि दुई महिनाको मनसुन अवधिमा पूर्वानुमान गरिएअनुसार सरदरकै आसपासमा वर्ष भएको थियो ।तेस्रो महिनाको मध्यतिर आइपुग्दा नेपालमा यस वर्षकै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले औँल्याएको छ । शाखा प्रमुख मौसमविद् इन्दिरा कँडेलका अनुसार १३ वटा वर्षा मापनकेन्द्रमा अति भारी वर्षा भएको देखिएको छ ।

 

अति भारी वर्षा रेकर्ड भएका स्थान पूर्वी र पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षा मापनकेन्द्र रहेका छन् ।उहाँले दिनुभएको जानकारीअनुसार दुई दिनयता सबैभन्दा धेरै वर्षा नवलपुरमा भएको छ । त्यहाँको बतासास्थित वर्षा मापनकेन्द्रमा ४३४.२ मिलिमिटर वर्षा रेकर्ड भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...