गण्डकीमा आइतबार ६ जनाको मृत्यु, २३० नयाँ संक्रमित थपिए

पोखरा, भदौ १३ गते ।गण्डकीमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको पछिल्लो विवरण अनुसार विभिन्न अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा कास्कीका तीन जना र तनुहँका तीन जना गरी ६ जनाको मृत्यु भएको हो । त्यस्तै कास्कीमा आइतबार २३० नयाँ संक्रमित थपिएका छन् ।

थपिएका मध्य कास्कीका ५३, स्यांजा ३८, नवलपरासी पूर्व ३८, बाग्लुग २१, तनहुँ ११, लमजुंग १६, गोरखा १३, पर्वत १७ र म्याग्दीका २८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गण्डकीमा आइतबार ५३०जना कोरोना संक्रमण मुक्त भएका छन् । गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ सय ९० पुगेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...