पोखरा, भदौ १७ गते । पोखरा महानगरपालिकाका छुट्टाछुट्टै तीन स्थानमा गएको पहिरोेमा पुरिएर पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । त्यस्तै पहिरोमा परेर पाँच जना घाइते भएका छन् ।बुधबार साँझ परेको भिषण वर्षासंगै पोखरा महानगरपालिका वडा नम्वर २० मा चार जनाको मृत्यु भएको छ ।
पोखरा २० भलामको र्यालेचौरमा गएको पहिरोमा परेर चार जनाको जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । त्यस्तै सोही वडाको मुलावारी देउरालीमा ब्लकले बनेको टिनको छानो भएको १ तले कच्ची घर माथिबाट पहिरो आएर घर बगाँउदा म्याग्दी बेनी नगरपालिका २ ज्यामरुकोट घर भई हाल मुलावारी देउराली बस्ने वर्ष २९ की बिष्णु सार्की र उहाँको छोरा वर्ष ८ को सुजन सार्कीको मृत्यु भएको कास्की प्रहरी प्रवत्ता सुभाष हमालले जानकारी दिनभयो । त्यस्तै महानगरकै वडा नम्वर ११ को काहुँमा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै पोखरा २० भलामको र्यालेचौरमा ब्लकले बनेको एक तले घर पहिरोले पुर्दा घरधनी ४५ वर्षीय कृष्णकुमार श्रेष्ठ, उहाँकी पत्नी ३५ वर्षीया सुनुमाया तामाङ श्रेष्ठको मृत्यु भएको छ । कृष्णकुमारको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्प्तालमा र सुनुमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठकै ९ वर्षीय छोरा राजकुमार श्रेष्ठको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ भने ३ वर्षीय छोरा सन्तोष श्रेष्ठ बेपत्ता हुनुभएको छ । उहाँको खोजी कार्यभैरहेको पोखरा वडा नम्वर २०का अध्यक्ष सिम गुरुङले जानकारी दिनुभयो ।
टाउकोमा चोट लागेका राजकुमारको उपचार भैरहेको र अवस्था मध्यम रहेको छ भने बेपत्ता सन्तोषको हाल खोजी कार्य भैइरहेको कास्की प्रहरी प्रवत्ता डिएपी सुभाष हमालले जानकारी दिभयो । दिनभरी खोज्दा पनि फेवा पर्न नसकेको उहाँले जानकारी दिनुभयो ।पोखरा २० भलामस्थित टाउके स्वारा माथिको जंगलबाट रैकर, गिधारी खोर हुदै र्यालेचौरसम्म करिव सात सय मिटर क्षेत्रमा पहिरो खसेको कास्की प्रहरीले जनाएको छ । उक्तबाट स्थानीय कुलप्रसाद बास्तोलाको धन्सारमा पूर्ण क्षती पुगेको छ भने रामजी पौडेलको गोठ, तेजप्रसाद बास्तोलाको घर, कृष्णकुमार पौडेलको घर र चित्रबहादुर क्षेत्रीको गोठमा क्षती पुगेको कास्की प्रहरी प्रवत्ता हमालले बताउनुभयो ।
यता वर्षाकै कारण घर पछाडिबाट पहिरो आउँदा पोखरा ११ भञ्ज्याङ नमुना टोल स्थित ४२ वर्षीय लक्ष्य नेपालीको ब्लकले बनेको घर भत्कँदा नेपालीको मृत्यु भएको छ।घटनापछि नेपालीलाई उद्धार गरी उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा लागिएकोमा राति १ ः २८ मा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता, डिएसपी हमालले जानकारी दिनुभयो ।