पोखरा, भदौ १७ गते । कास्कीमा फेरी निषेधाज्ञा थप गरिएको छ । भदौ १८ देखि ३१ गते राती १२ बजे सम्म लागु हुने गरी निषेधाज्ञा थप गरिएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीले बिहिबार साँझ निषेधाज्ञा सम्वन्धि आदेश जारी गदै यसघि लागु गरिएको जोर विजोर प्रणाली हटाएको छ ।
नीजि तथा सार्वजनीक सवारी साधनहरुमा जोर विजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय हटाइएको जनाएको छ ।जिल्ला कोभिड व्यवस्थापन समितिको बिहिबार बसेको बैठकलेसंक्रामक रोग ऐन २०२० को दफा २, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) तथा कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ बमोजिम कास्की जिल्लाभरी लागु हुने गरी निषेधाज्ञा थप गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जाकारी दिनुभयो ।
उहाँका अनुसार सबैखाले सभा, सम्मेलन गर्न साथै मानिसहरु जम्मा हुने, भीडभाड गर्ने, जुलुस र महोत्सव गर्न पाइने छैन् । तर संघसंघस्थाहरुले कानून बमोजिम नगरी नहुने सभा, सम्मेलन, बैठक आदि नेपाल सरकारको निर्धारित स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने व्यवस्था मिलाई जिल्ला प्रशासन कार्यालयलाई अग्रिम जानकारी दिई सञ्चालन गर्न पाइने भएको छ । त्यस्तै सिनेमा हल, पार्टी प्यालेस, नाँच घर, क्लब, डान्सबार सञ्चालन गर्न पाइने छैन् ।माथि उल्लेखित बाहेकका व्यवसाय विहान ५ देखि राती ९ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । नीति तथा सार्वजनीक सवारीले कुल सिट क्षमता भन्दा बढि यात्रु राख्ने नपाईने निर्णय समेत डिसिएमसीले गरेको छ ।