पोखरा, भदौ १७ गते ।अविरल वर्षाका कारण कास्कीका विभिन्न ठाँउमा भएको धनजनको क्षतीले नेकपा एमाले कास्की मर्माहत भएको जनाएको छ ।
नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले बिहिबार एक विज्ञप्ति जारी गदै कोरोना भाइरसको प्रकोपले प्रताडित भैरहेको र त्यही माथि प्राकृतिक प्रकोपको कारणले जिल्लामा ठूलो जनधन र भौतिक सम्पत्तिको क्षतिले थप प्रताडना थपेको जनाएको छ । एमालेले पहिरोको कारण निधन भएका प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गदै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना समेत गरेको छ ।
विज्ञप्ति मार्फत पहिरोबाट मृतक परिवारलाई राहत, उद्धार, पूर्नस्थना, ब्यपत्ताको खोजी एवं घाइतेको निशुल्क उपचारको व्यवस्था मिलाउन तीनै तहका सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । दुखद अवस्थामा खोज, उद्धार, राहतको काममा सक्रिय पूर्वक लाग्न एमाले कास्कीले सम्पूर्ण पार्टी सदस्यहरुलाई हार्दिक आह्वान गरेको छ गदै अझै पनि बाढि र पहिरोको उच्च जोखिम रहेको भन्दै सर्तकताका साथ रहन आम कास्कीबासीहरुमा हार्दिक अनुरोध गरेको छ ।