पर्वत पहिरोमा पुरिएर ६ जनाको मृत्यु तथा सडक अवरोध

काठमाडौं, १८ भदौ/पर्वत, कुश्मा नगरपालिका-३ दुर्लुङ भोगेनी बस्ने माधब शर्माको घरमा गएराति पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा उनकै आमा ७५ वर्षीय कौशिला पौडेल, उनकैनातिनीहरु १६ वर्षीया बिमला पौडेल र ११ वर्षीया बिनिता पौडेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले हाल वेपत्ता भएका २ जनाको खोजी गरिरहेको छ ।

यसैगरी पर्वत, मोदी गाउँपालिका-५ अम्बोटमा बस्ने ५० वर्षीया फुलमाया थापाकोपहिरोमा पुरिएर बिहीबार राति मृत्यु भएको छ । सोही ठाउँमा ओखलढुङ्गा सामुदायीक बनबाट पहिरो गई थापाको टहरो बगाउँदा उक्त टहरोमा पुरिएर उनको मृत्यु भएको हो । हाल पहिरोबाट भएको क्षतिको विवरण खुल्न सकेको छैन् ।

यसैगरी पर्वत, कुश्मा नगरपालिका-११ सिल्मि बस्ने मनिलाल पौडेलको घरमा गए राति पहिरो जाँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा उनको घरमा पाहुना आएका मोदी गाउँपालिका-७ राम्जा घर भएका ३८ वर्षीय दुर्गा पौडेल र उनकै छोरा ६ वर्षीय गणेश पौडेल रहेका छन् । पहिरो परेर उनीहरु बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरुको शव फेला पारेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...