काँग्रेस जिल्ला सचिवद्वयको वडामा नै विवादित बन्यो अधिवेशन

क्रियाशिल सदस्यहरुलाई खबर नै नगरी एकलौटी अधिवेशन सम्पन्न गरेको गुनासो

पोखरा, भदौ १८ गते । नेपाली काँग्रेसले देशव्यापी रुपमा सुरु गरेको वडा अधिवेशनको कास्की जिल्ला पोखरा महानगर पालिका वडा नं। २६ को अधिवेशनमा धेरै क्रियाशिल सदस्यहरुलाई खबर नै नगरी एकलौटी तरिकाबाट अधिवेशन सम्पन्न गरेको गुनासो आएको छ । जिल्ला कार्यसमितिका सचिव सुदिप मोहन भट्टराई र देवेन्द्र रानाभाटको वडामा नै क्रियाशिललाई खबर नगरी कोठे अधिवेशन सम्पन्न भएको जनाईएको छ ।


वडामा रहेका पाका र पुराना नेता तथा क्रियाशिल सदस्यहरुलाई खबर नै नगरी अधिवेशन गर्नु अलोकतान्त्रिक र नेतृत्वको गैरजिम्मेवारीपन भएको क्रियाशिल सदस्य गोपीचन्द्र बरालले बताएका छन् । जिल्ला काँग्रेसको नेतृत्व गर्ने वडा, पूर्वमन्त्री, पूर्व सभामुख समेत रहेको वडामा सहमतीका नाममा एक पक्षिय तरिकाबाट क्रियाशिल सदस्य सबैलाई भेला नगरी वडा अधिवेशन गर्नुले काँग्रेसको स्थानीय जग कमजोर बन्दै गएको स्थानीय नेता एवं पूर्व वडा सभापति कृष्ण बहादुर अधिकारीले बताएका छन् ।

अधिवेशनको प्रक्रिया अनुसार वडाबाट छनौट गरिने क्षेत्रीय प्रतिनीधि र वडा समितिका इच्छुक उम्मेदवारहरुको नामावली माग गरिएको तर नामावली प्रकाशन नै नगरी सहमती गराउने बहानामा नौ सदस्यीय छनौट समिति गठन गरी एकलौटी रुपमा वडा समिति र क्षेत्रीय प्रतिनिधी छनौट गरिएको क्षेत्रिय प्रतिनीधिका उम्मेदवार सोमनाथ बरालले जानकारी दिएका हुन् ।

वडा अधिवेशन बैध नभएको विषयमा नेता तथा क्रियाशिल सदस्यहरुले निर्वाचन समितीसँग कुराकानी गर्न खोज्दा निर्वाचन अधिकृत अर्जुन गौतमले आफूले अहिले केही नबताउने भनेर तर्केका थिए । वडाका क्रियाशिल सदस्यहरुले निर्वाचन संयोजकलाई जानकारी गराउँदै कथित रुपमा घोषित गरेको वडा समिति र क्षेत्रीय प्रतिनिधीलाई क्रियाशिल सदस्यहरुको व्यापक भेलामा पुनः अधिवेशनको माग गरिएको क्षेत्रीय प्रतिनीधिका उम्मेदवार सुर्यनाथ ढुङ्गानाले बताए ।

उपलब्ध केही क्रियाशिल सदस्यले जिल्ला निर्वाचन समिति, जिल्ला कार्य समिति र केन्द्रीय समितिमा समेत यो ज्यादतीको विरुद्ध आवाज उठाउने बताएका छन् । वडा अधिवेशनको सन्दर्भमा सम्र्पक गर्न खोज्दा निर्वाचन अधिकृत गौतमको मोवाईलमा सम्र्पक हुन सकेन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...