कास्की, पोखरा महानगरपालिका-९ शान्तीवन बस्ने २१ वर्षीया सुनिता केसीलाई ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्तठाउँस्थित गाँजा बेचबिखन भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी कास्की, पोखरा महागनरपालिका-२१ निर्मल पोखरी बस्ने उदयपुर ताप्ले गाउँपालिका-२ घर भएका २८ वर्षीय बिमल राईलाई नियन्त्रित लागूऔषध ७५ एम्पुल डाइजेपाम, ७५ एम्पुल फेनरागन, ७५ एम्पुल नुर्फिन सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनी उपर लागूऔषध सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट १० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यसैगरी कास्की, पोखरा महागनरपालिका-२७ रिठेपानी भञ्ज्याङबाट नियन्त्रति लागूऔषध ४५ एम्पुल डाइजेपाम, ४५ एम्पुल फेनारगन र ४५ एम्पुल नुर्फिन सहित सोही महानगरपालिका-२७ रिठेपानी बस्ने ३१ वर्षीय मोहन तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनी उपर लागूऔषध सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट १२ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडिबढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।