पोखरा, भदौ २२ गते ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज पोखरा आउदै छन् । नेकपा एमाले कास्कीले आयोजना गरेको अगुवा कार्यकता भेलालाई सम्वोधन गर्न ओली पोखरा आउदै छन् । भेलालाई सम्वोधन गर्न अध्यक्ष ओलीसंगै एमाले नेता सुरेन्द्र पाण्डे आउदैछन् ।
पछिल्लो राजनीतिक घटनाक्रम, एमाले विभाजनको अवस्था र अवको एमालेको बाटो लगायतका विषयमा कार्यकतालार्ई जानकारी गराउने उद्देश्यले कार्यकता भेला आयोजना गरिएको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो । प्रधानमन्त्रीबाट बहिगमन र एमाले विभाजनपछि पहिलो पटक ओली पोखरा आएका हुन् ।
एमाले विभाजन भएपछि ओलीको पोखरामा पहिलो सम्बोधन हो । पार्टी विभाजन पछि निराश बनेका कार्यकर्तामा उर्जा भर्न अध्यक्ष ओली पोखरा आएका हुन । एमाले विभाजनपछि न्यून प्रभाव परेको जिल्ला हो कास्की । कास्कीबाट निर्वाचित कुनैपनि जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजबादीमा सनाखत गरेका छैनन् । पाँच स्थानिय तहका सबै जनप्रतिनिधि मुल पार्टी एमालेमै रहेका छन् ।