काठमाडौं, भदौ २२ गते । नेपालले आज पपुवान्यूगिनीको सामना गर्दैछ । दुई खेलको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिबसीय श्रृखंलाको पहिलो खेल अन्तगर्त नेपालले ओमानमा पपुवान्यूगिनीको सामना गर्न लागेको हो ।


आगामी साता सुरु हुने आईसीसी विश्वकप क्रिकेट लिग २ को तयारी स्वरुप नेपाल र पपुवान्यूगिनीबीचको खेल ओमान अल एमिरात क्रिकेट ग्राउन्डमा बिहान ११ बजेबाट सुरु हुँदैछ । नेपालले अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक एकदिबसीय श्रृखंलाको तयारी स्वरुप पपुवान्यूगिनीसँग भिड्न लागेको हो । यसअघि दुबै टोलिले पछिल्लो पटक सन् २०१८ को मार्च १५ मा विश्वकप क्रिकेटमा छनोटका लागि एक अर्का बिरुद्ध उत्रेको थियो । उक्त खेलमा नेपालले पपुवान्यूगिनीलाई छ विकेटले हराएर अन्तर्राष्ट्रिय एकदिबसीयको मान्यता पाएको थियो ।

नेपालले हालसम्म चार टोलि बिरुद्ध मात्रै अन्तर्राष्ट्रिय एकदिबसीय खेलेको छ । जसमा पछिल्लो पटक घरेलु मैदानमा अमेरिका र ओमान सम्मिलित एकदिबसीय श्रृखंला सम्मिलित छ । त्यस अतिरिक्त नेपालले यूएई बिरुद्ध अन्तर्राष्ट्रिय एकदिबसीय खेलिसकेको छ ।

नेपालका लागि ओमान र अमेरिका सम्मिलित लिग २ को खेल अत्यन्तै महत्वपूर्ण रहेको छ । सात राष्ट्र सम्मिलित लिग २ मा नेपाल छैठौं स्थानमा छ । उक्त प्रतियोगिताको तयारी स्वरुप भइरहेको खेलमा नेपालले पपुवान्यूगिनीलाई हराएर उच्च आत्मबलका साथ लिग २ को सुरुवात गर्ने ध्येय हुनेछ ।

अनुभबी ब्याट्सम्यान एवम् अलराउन्डर पारस खडकाको अनुपस्थितिमा हुन लागेको स्पर्धामा युवा खेलाडीको बाहुल्यता रहेको छ । पपुवान्यूगिनी बिरुद्ध पछिल्लो पटक खेलेको टोलिका अनिल कुमार साह, पारस खडका, बसन्त रेग्मी लगायतका खेलाडी रहनुहुने छैन् ।

यसअघि मैत्रीपूर्ण खेलमा नै पपुवान्यूगिनीले सोमबार अमेरिकाको सामना गरेको थियो । उक्त खेलमा पपुवान्यूगिनीलाई अमेरिकाले सात विकेटले हराएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...