पोखराका एक सय पर्यटन व्यवसायी एमाले प्रवेश

पोखरा, भदौ २२ गते ।पोखराका एक सय पर्यटन ब्यवसायी नेकपा एमालेमा प्रवेश गरेका छन् । पोखराका व्यवसायी योगेश भटराई ,बबरजग गुरुङ, रामचन्द्र शर्मा, राजेन्द्र तिवारी, रामबहादुर ढकाल, दुर्गा ढकाल, विष्णु केसी, शुसिलराज पौडेल, मिलन तिवारी, कृष्णकुमारी गुरुङ, मिना पौडेल, तारा आचार्य रहेका छन् ।

त्यस्तै रेशम अधिकारी, एकप्रसाद रिजाल, सृजना रिजाल, विष्णु थापा, निमल थापा, मेनुका थापा, विष्णु एकता गुरुङ, विजय विक, नवराज श्रेष्ठ, विमल पौडेल, खिमबहादुर नेपाली, विष्णुु केसी, प्रितम कुवँर र अनिल थापा, राम थापा, जीवन सुवेदी, राजेश भटराई, यूकेश गुरुङ लगायत एक सय जना एमाले प्रवेश गरेका हुन् । पोखराको माउण्ट कैलाश होटलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले अविर र माला लगाएर पार्टी प्रवेश गराउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...