गोरखा, भदौ । नेकपा एमालेका स्थाई कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमात् अर्थ मन्त्री किरण गुुरुङले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दलको भबिश्य नभएको तर्क गरेका छन् ।मंगलबार प्रेस चौतारी गोरखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता गुरुङले समाजवादलाई दक्षिणपन्थी अवसरवादको संज्ञा दिँदै समाजवादी दलको भबिश्य नभएको प्रष्टाएका हुन् ।

‘हिजोका काँग्रेसले भनेको समाजवाद, त्यसपछि विपिले ल्याएको समाजवाद, अहिले माधव नेपाल र यो एकीकृत समाजवादले ल्याएको समाजवादमा कुनै भिन्नता छैन । अहिले उसले जुन समाजवादी कार्यक्रम भनेको छ, त्यो भनेको बैचारिक हिसाबले विर्सजनवाद नै हो । दक्षिणपन्थी अवसरवाद नै हो’, नेता गुरुङले भने । बिभिन्न लोभ र प्रलोभनका कारण अहिले पार्टी छाडेर अन्य दलमा गएकाहरु पनि असल कम्युनिष्टहरु अन्तत एमालेमै फर्कने उनको दाबी छ ।
उनले भने, ‘अहिले नयाँशक्तिको रुपमा देखेर नयाँ मान्छेहरु बिभिन्न लोभ, प्रलोभन र भ्रमको शिकार भएर अन्त गएपनि अन्तत सबै असल कम्युनिष्ट नेताहरु एमालेमै फर्किन्छन् ।’गठबन्धनले केपी ओलीको नेतृत्व हटाएर शेरबहादुर देउवालाई नेतृत्व सुम्पिए पनि देश र जनताका लागि महत्वपूर्ण काम गर्न नसकेको उनले आरोप लगाए । उनले भने, ‘देउवा नेतृत्वको सरकारले केही गर्न सकेको छैन । अहिलेसम्म मन्त्रिपरिषद विस्तार गर्न सकेको पनि छैन, न अहिले सरकारकाले राम्रो कार्यक्रम नै ल्याउन सकेको छ । नत अघिल्लो सरकारले अघि सारेका महत्वपुर्ण कार्यक्रमहरु, देश र जनताको पक्षमा गरिएका रणनितीक निर्णय र कार्यक्रमहरुलाई निरन्तरता दिएर अगाडि बढाएको छ । देश र जनताको हकहितका लागि नयाँ खालको कार्यक्रमहरु पनि ल्याउन सकेको छैन ।’
‘अहिले राष्ट्र र राष्ट्रियता सम्बन्धी विवादास्पद कुराहरु आयरहेको छ, एउटा तुइन प्रकरणकै बारेमा सरकारले बोल्न नसकिरहेको अवस्था हो । नेपालको भूमीमा भारतका जहाजहरु उडिरहेको छ, केही बोलेको छैन । अघिल्लो सरकारले सिमा विवादको बारेमा लिम्पियाधुरा, कालापानी र लिपुलेक जुन समेटिएको थियो, त्यो सम्बन्धमा पनि अभैm पनि केही बोल्न सकेको छैन । अडान लिन सकेको छैन । हिजोको सरकारले लिएको अडान पनि कायम गर्न सकेको छैन, बरु उल्टै के भइरहेको छ भने नयाँ खालको चीनसँग पनि सिमाको समस्या छ भनेर कार्यदल गठन गर्ने कामहरु भइरहेको छ । अर्को छिमेकी राष्ट्रलाई पनि चिढ्याउने काम भईरहेको छ’, उनले थपे ।
एमाले फुटे पनि तुलनात्मक हिसावले अत्यन्तै न्यून क्षती भएको उनी बताउँछन् । एमालेको बिधी र बिद्यान विपरित गतिबिधी गर्नेहरुलाई पार्टीले कारवाही गरेपनि फर्कन चाहानेहरुलाई माफि दिने उनले बताए । ‘हामीले एकातर्पm उनीहरुलाई कारवाही पनि गरेका छौँ । अनि अर्को तर्पm उनीहरुलाई सच्याएर आउन चाहान्छन् भने त्यसका लागि हामी ढोका पनि खुल्ला गरेका छौँ । कमरेड माधव नेपालले पनि अहिले आएर गल्ती भयो भनेर माफी माग्न आए भने पनि त्यसका निम्ति हामीले ढोका खुल्ना नै राख्ने छाँै । तर, विधि र विधान उंल्लघन गर्नुहुँदैन’, उनले