कास्की, पोखरा महानगरपालिका-२५ मझुवाबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित धादिङ निलकण्ठ नगरपालिका-६ बस्ने ३४ वर्षीय राजु वस्याललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वीरंगजबाट पोखरातर्फ जाँदै गरेको ना.८ ख ५२५१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कास्की, पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ घर बताउने १९ वर्षीय सन्देश तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
काँकडभिट्टाबाट पोखरातर्फ जाँदै गरेको लु.१ ख ३१५० नं.को बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ
गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।