पोखरा, भदौ २५ गते। पोखराको पृथ्वीचोकबाट जुवा खेलिरहेको अवस्थामा ६ जना फक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं ९ पृथ्वीचोक स्थित बसपार्कमा रहेको स्याङ्जा बुटवल खाजा घर भित्र जुवा तासखेलिरहेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीले जुवा खेलिरहेका ६ जनालाई दुई लाख छयासी हजार सात सय बीसरुपैयाँ र १५९ पत्ती तास सहित नियन्त्रणमा लिएको छ । फक्राउ परेका सवैलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट दिन सातको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका ब्यक्तिहरुको विवरण :-
- जिल्ला मोरङ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ९ नागढुङ्गा बस्ने वर्ष ४३ को तिलक बि.क. ।
- जिल्ला पर्वत मोदी गाउँपालिका वडा नं.६तिलाहारवस्नेवर्ष ५४ को याम बहादुर लामिछाने ।
- जिल्ला स्यङ्जा बिरुवा गाउँपालिका वडा नं. ३ धोवादी बस्ने वर्ष ४६ को चुन बहादुर थापा ।
- जिल्ला पर्वत भोर्लेगाउँपालिका वडा नं. ४ पैयुँ घर भएर हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.९ नयाँबजार बस्ने वर्ष ४८ को जित बहादुर गुरुङ ।
- जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ लेकसाईडजरेवर बस्ने वर्ष ३२ को बसन्त श्रेष्ठ ।
- जिल्ला स्याङ्जा बिरुवा गाउँपालिका वडा नं. ३ धोवादी बस्ने वर्ष २६ को बिनोदबि.क. ।