संविधान दिवसको पूर्वसन्ध्यामा शनिबार साँझ पोखरा महानगरले दीप प्रज्वलन गर्ने

पोखरा, असोज १ गते । संविधान दिवसको अवसरमा पोखरा महानगरपालिकाले दीप प्रज्वलन कार्यक्रम गर्ने भएको छ । दिवसको पूर्व सन्ध्यामा शनिबार साँझ पोखराको भिमसेनचोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको महानगरका शाखा अधिकृत किरण कोइरालाले जानकारी दिनुभयो ।

साँझ ६ः३० बजे महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको उपस्थितिमा दीप प्रज्वलन कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा महानगरपालिका सम्पूर्ण कर्मचारी र महानगरबासीहरु सबैलाई उपस्थितका लागि अनुरोध गरिएको छ । सरकार सरकारले असोज ३ गतेलाई संविधान दिवस मनाउदै आएको छ भने सार्वजनीक विदा समेत दिएको ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...