संविधान दिवसको पूर्वसन्ध्यामा पोखरामा दीप प्रज्वलन

पोखरा, असोज २ गते । संविधान दिवसको पूर्व सन्ध्यामा पोखरा महानगरपालिकाले दीप प्रज्वलन गरेको छ । महानगरले पोखराको भिमसेनचोकमा दीप प्रज्वलन गरेको हो । पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले मैनबत्ती बालेर कार्यक्रमको सुरुवात गर्नुभयो ।

कार्यक्रममा बोल्दै महानगरका उपप्रमुख गुरुङले संविधान कार्यान्वयन अहिलको आवश्यकता भएको बताउनुभयो । उहाँले सविधानको मर्म र भावना अनुसार नेपाली जनताको चाहाना एवं संविधानमा लिपिवद्ध गरिएको मौलिक हकको कार्यान्वयन गरेर अगाडी बढनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पोखरा महानगरका प्रवत्ता धनबहादुर नेपाली, निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्य र महानगरका अधिकृत किरण कोइरालाले संविधान दिवसका बारेमा बोल्नुभएको थियो ।

 

दिवसकै सरमा पृथ्वीचोक र सहिदचोकमा समेत दीपावली गरिएको थियो । नेपाली जनताका प्रतिनिधिले निर्माण गरेको सविधान २०७२ साल असोज ३ गते संविधान सभाबाट जारी भएको थियो । सरकारले असोज ३ गतेलाई संविधान दिवसका रुपमा मनाउदै आएको छ भने सार्वजनीक विदा समेत दिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...