कृष्ण आचार्य÷पोखरा, असोज ४ गते ।नेकपा एमालेका नेता एवं निवर्तमान गृहमन्त्री खगराज अधिकारीले सभामुख पक्षपाती बनेको आरोप लगाउनु भएको छ । नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्वर ३१ को बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता अधिकारीले सभामुख सबैको साझा बन्न सक्नु पर्नेमा कुनै दल बिशेषको नेता जस्तो बनेर पक्षपाती ब्यवाहार गर्नु दुखद भएको आरोप लगाउनु भएको हो ।
नेता अधिकारीले भन्नुभयो “जसपाले सरिता गिरीलाई कार्वाही गर्दा र नेकपा माओवादी केन्द्रले लेखराज भट्ट, टोप बहादुर रायमाझिहरुलाई कार्वाही गर्दा सभामुखले २४ घण्टा भित्रै निर्णय गरेको तर एमालेले आफ्ना १४ जना सांसदलाई गरेको कार्वाही प्रति सभामुख अग्नि प्रसाद सापकोटाले आलटाल गरेर पार्टी बिभाजन गराउन भुमिका खेल्नु पक्षपाती ब्यवाहर हो । सभामुख दलको नेता जस्तो बन्नु दुखद छ ।“ माधब नेपालले जसरी पनि पार्टी बिभाजन नगरि नहुने लिखित सम्झौतामा हस्ताक्षर नै गरेकोले पार्टी बिभाजन भएको एमाले नेता अधिकारीको दाबी छ ।
नेता अधिकारीले कम्युनिष्ट पार्टी माथी गम्भिर आक्रमण सुरु भएको भन्दै हेर्दा केपी–माधब वा केपी–प्रचण्ड बिच बिबाद जस्तो देखिएको भए पनि यसमा राष्ट्रीय अन्तराष्ट्रीय शक्ती केन्द्रको खेल रहेको र नेपालमा अस्थिरता चाहाने तत्व सक्रिय बनेको जिकिर गर्नुभयो । उहाँले नेपालमा राजनैतिक स्थिरता आयो भने अमेरीकी र युरोपियन युनियनले खेल्न नपाउने तथा अमेरीकाको चिन बिरोधी छेलोखेलो बन्द हुने डरले केही तत्व लागि परेको बताउनुभयो । ओली नेतृत्वको सरकार ढाल्न सडकमा निस्किएका अधिकारकर्मी हौ भन्नेहरु अहिले भारतले तुईन काटेर जयसिंह धामीको हत्या गर्दा चुईक्क नबोल्नुले उनिहरुको असलियत रुप प्रष्ट भएको उहाँको भनाई थियो ।
वडा कमिटीका अध्यक्ष गणेश बहादुर थापाको अध्यक्षता सम्पन्न भेलामा पोखरा प्रज्ञा प्रतिस्ठानका कुलपति पदमराज ढकाल, जिल्ला समन्य समितीका उपप्रमुख साबित्री भण्डारी, पोखरा महानगरपालिका ३१ का वडा अध्यक्ष कमल बहादुर थापा, एमाले नेताहरु टिकाराम पंगेनी , शंकरनाथ पौडेल, शुर्यमणी लामिछाने, स्थानिय युवा भिमसेन बानियाँ लगायतले बोलेका थिए भने कार्यक्रमको संचालन देबेन्द्र अधिकारीले गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, राप्रपा लगायतका दल परित्याग गरि करिब २ सय युवाहरु नेकपा एमालेमा प्रबेश गरेका छन् । नव प्रबेसीहरुलाई एमाले नेता अधिकारीले खादा र अबिर लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो ।