काठमाडौं, असोज ६ गते ।नेपाली कांग्रेसले स्थानीय तह र क्षेत्रीय अधिवेशनहरुको कार्यतालिकामा हेरफेर गरेको छ । काँग्रेसले गाउँपालिका र नगरपालिकाको अधिवेशन असोज ९ गते नै गर्ने भएको छ ।बुधबार अपराह्न संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारीको बैठकले वडा अधिवेशन सकिएका जिल्लाहरुमा यही असोज ९ गते पालिका अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
यसअघि असोज ९ गते सबै स्थानीय तहको निर्वाचत गर्ने तालिका थियो । अब ९ गतेसम्म वडा अधिवेशन सकेर दसैँ अघि गाउँ र नगर अधिवेशन सम्पन्न गर्ने निर्णय भएको जानकारी दिनुभयो
उहाँले पूर्वनिर्धारित कार्यतालिका अनुसार नै असोज ९ गते पालिका अधिवेशन गर्ने निर्णय भएको जानकारी दिनुभयो । साथै, क्रियाशील विवाद पनि असोज ९ गतेभित्रै सक्ने उहाँले जानकारी दिनुभयाे ।v