पोखरा, असोज ९ गते ।नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शनिबार पालिकास्तरीय कार्यसमिति चयनका लागि निर्वाचन सुरु भएको छ । निर्वाचत अन्र्तगत आज मतदान भैरहेको छ । कास्कीका केही पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ कतै मतदान भैरहेको छ । पोखरा महानगर र माछापुच्छ्रेको पदाधिकारीमा मतदान भैरहेको छ । पोखरा महानगर समितिको नेतृत्व चयनका लागि पोखराको प्रर्दशनी केन्द्र नयाँ बजारमा मतदान भैरहेको छ ।
पोखरा महानगरपालिकामा यसअघि नै मनोनयन भइसकेको छ । यहाँ ६ जनाले सभापतिमा मनोनयन दर्ता गरेका छन् । पत्रकार गंगाधर पराजुली, पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला र पोखरा ९ का वडाध्यक्ष रामराज लामिछाने, अर्का नेता मिलन तिवारी, पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छे र अर्की पत्रकार ज्योति हमालले मनोनयन दर्ता गराएका हन्
उपसभापतिमा पनि ६ जनाकै मनोनयन दर्ता भएको छ । कृष्णप्रसाद अधिकारी, निर्दोषविक्रम पौडेल, प्रयागराज भण्डारी, भवसागर बराल, शिव केसी र राजेन्द्र बरालले मनोनयन दर्ता गराएका हुन् । २ जना नै निर्वाचित हुने सचिवमा ३ जना, तथा २ जना नै निर्वाचित हुने सहसचिवमा ७ जनाले दाबी गरेका छन् । सचिवमा गणेशबहादुर थापा, टुबराज बास्तोला, सुरेन्द्रबावु तिवारीले नाम दर्ता गराए ।
सहसचिवमा नरेन्द्र बास्तोला, पुष्पराज सिग्देल, रविन कायस्थ, लक्ष्मी बास्तोला, शिवमोहन अधिकारी, सञ्जय आले र संघर्ष कोइरालाले दाबी पेस गरेका छन् । कार्यसमिति सदस्यमा अधिकांश निर्विरोध निर्वाचित भएका छन । अन्य पालिकामा पनि सदस्यको प्रतिस्पर्धा खासै छैन । पोखरा महानगरपालिकामा १ हजार ३ सय ७० जनाले मतदाता रहेका छन्
माछापुच्छ्रेमा १ सय ७३, अन्नपूर्णमा १ सय ९८, मादी १ सय ९२ र रुपामा १ सय ३० जना मतदाता छन। पालिकाको कार्यसमिति चयन गर्न क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले मतदान गर्ने छन ।
यता कास्कीकै अन्नपूर्ण गाउँपालिकामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भइसकेको छ । यद्यपि घोषणा आज हुदै छ । सभापतिका लागि मनपति भण्डारीले मात्रै मनोनयन दर्ता गराउनुभएको छ । उहाँ औपचारीक रुपमा सभापतिमा घोषणा हुद बाँकी छ ।
उपाध्यक्ष सुशील भट्टचन र गौमाया नेपाली, सचिव कृष्णप्रसाद सुवेदी र विजय गुरुङ एवं सहसचिव ध्रुव घले र मुक्ति गुरुङ चयन भएका छन् । सदस्यहरु पनि सर्वसम्मत निर्वाचित भएका हुन ।
।