पोखरा, असोज ९ गते । प्रतिनिधि सभा सदस्य विद्या भटरार्ई अधिकारीले वर्तमान सरकारलाई एमालेले स्वीकार नगरेको बताउनुभयो । जनताको जनमतबाट नभई न्यायाधिशको आदेशबाट बनेकाले यो सरकारलाई हामीले स्वीकार गरेका छैनौ उहाँले भन्नुभयो,‘जनादेशबाट नभई परमादेशबाट बनेकाले हामी यो सरकारसंग बजेट माग्न जानसक्दैनौ ।’ उहाँले एमाले नेतृत्वको सरकारले गरेका राम्रा काम जनताका विचमा लैजानुपर्नेमा जोड दिनुभयो ।
कास्की क्षेत्र नम्वर २ नेकपा एमालेले आयोजना गरेको अगुवा कार्यकता भेलामा बोल्दै उहाँले जनताको चाहना अनुसार विकास निर्माणलाई प्राथमिकतामा राखेर केन्द्रीय बार्षिक विकास बजेटमा परेपनि बर्तमान सरकारले कटौती गरेको बताउनुभयो । उहाँले कार्यकताले असफल भइस भनेको दिन आफु बाहिने बताउनुभयो । ‘हिजो निर्वाचनमा जिताउन कार्यकताको भुमिका महत्वपूर्ण छ । त्यसैले तपाईहरुले असफल भयो भन्दाको दिन म बाहिर बस्न तयार छु । जनता र कार्यकताको हित ठूलो हो पद हैन् ।’
एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले पार्टी विभाजनले कास्कीमा एक प्रतिशत नोक्सान भएको बताउनुभयो । उहाँले अहिले पार्टी संकटमा परेको बताउदै कास्कीलाई लालकिल्ला बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले एमाले कमजोर हुदाँ राष्ट, राष्टियता कमजोर हुने बताउदै एमालेलाई जागरुक बनाउन भेला आयोजना गरिएको बताउनुभयो । उहाँले रवीन्द्र अधिकारीको निधनपछि क्षेत्र नम्वर २ अभिभावक विहिन बनेको समेत बताउनुभयो । कास्की १ मा खगराज अधिकारी र क्षेत्र नम्वर ३ मा पूर्वमन्त्री लगायत धेरै नेता रहेपनि कास्की क्षेत्र २ मा केन्द्रमा पहुँच भएको नेता नभएको बताउनुभयो ।