मृगौला पीडित सुवेदीलाई ५३ हजार सहयोग

पोखरा, असोज ११ गते । क्लवहाउ समार्फत संकलित रकम छुट्टा–छुट्टै कार्यक्रमगरि उस्मान अलि फाउण्डेसन र एक मृर्गौल पिडितलाई हस्तान्त्रण गरिएको छ ।आइतबार एक कार्यक्रमकाविच क्लवहाउसमा आवद्ध प्रयोगकर्ताहरुबाट संकलित रकमतनहुँको शुक्लागण्डकी–५ गल्छीनाकी मृर्गौैला पिडित अनिता सुबेदी र उस्मान अलि फाउण्डेसनलाई हस्तान्त्रण गरिएको हो ।


तनहुँकी अमिसा घिमिरे लगायतले क्लव हाउसमार्फत उस्मान अलिको सहयोगार्थ संकलित एक लाख ३ हजार रुपैयाँबाट फाउण्डेसनलाई पचास हजार र विगत ४ वर्षदेखि मृर्गौला सम्बन्धी समस्याभई नियमित डायलिस गरिरहेकी सुबेदीलाई ५३ हजार रुपैयाँ सहयोग स्वरुप हस्तान्त्रण गरिएको घिमिरेले जानकारी दिइन् ।

स्पाइनल मस्कुलर एट्रोफिएसएमए टाइप वान (नसासम्बन्धी जटिल समस्याका) कारण ग्रसित उस्मान अलिको उपाचार्थ क्लव हाउसमा थालिएको अभियानमा संकल नभएको रकम उस्मान अलि फाउण्डेसन र सुबेदीलाई हस्तान्त्रण गरिएको हो ।३ महिनाबाट स्वास्थ्यमा गम्भीर समस्याआई ९ महिनाको उमेरमा उस्मानको गतभदौ २६ गते उपचारकाक्रममा निधनभएको थियो । जटिल प्रकारको रोगकाकारण निधनभएका उस्मानको स्मृतिमा उनको परिवारले उस्मान अलि प्रतिष्ठान स्थापना गरेका छन् । उक्त रकम फाउण्डेसनका सह–सचिव समिउल्ला मियालाई अभियानका तर्फबाट घिमिरे सहित रमेश अधिकारी, लक्ष्मण पौडेल, लक्ष्मीपौडेल, बन्दनाखनाल, प्रमिस श्रेष्ठ लगायतको समूहले हस्तान्त्रण गरेकाहुन् ।

घिमिरेले भनिन्, ‘उस्मान अलिबाबुको उपाचारार्थ हामीले क्लव हाउसबाट संकलन गरेको रकम फाउण्डेसन र मृर्गौलासम्बन्धी समस्याभई उपचार अभावमा बस्न बाध्य हुनुभएको अनिता सुबेदीलाई उपचारमाथोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले उहाँहरुलाई सहयोग गरेकाहौं ।’ उनले यो अभियानमा सहयोग गर्ने सबैपति कृज्ञाता समेत व्यक्तगरिन् ।

सहयोग रकम ग्रहण गर्दै प्रतिष्ठानका सह–सचिवमियाले उस्मानको स्मृतिमा स्थापनाभएको प्रतिष्ठानले आर्थिक अभावकै कारण उपचार अभावमाअकाल मृत्यु वरण गर्न बाध्यविरामीहरुको सहयोगकालागिपहलगर्ने उद्देश्य राखेको बताए । उनले क्लवहाउस लगायत समाजिक सञ्जालमार्फत जोडिएर सहयोग गर्ने सहयोगीहरुलाई धन्यवादव्यक्तगर्दै आगामीदिनमा फाउण्डेसन सबैसंग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै विगत ४ वर्षदेखि मृर्गौलामा समस्याआई नियमित डायलिस गर्दै आएकी सोही स्थानकीअनिता सुबेदीलाई पनि सो टोलीले सहयोग गरेको क्लवहाउसको हाम्रो घर समूहकागु्रप क्रियटर रमेश अधिकारीले बताए । उनले भने, ‘समाजिक सञ्जालमार्फत जोडिएर सेवाको क्षेत्रमा सहयोग गर्न पाउनु ठूलो कुरा हो हामीले गरेको सानो सहयोगलेनै कसैको जीवनजोगाउन सकिन्छ भने त्यो भन्दा पूण्यको काम अरु हुँदैन् ।’

 

पारिवारीकअवस्थानिकै कमजोर भएकी सुबेदीले उक्त सहयोगबाट एक महिनाको उपचार खर्चको जोहो भएको बताइन् । उनले भनिन्, ‘मलाई नियमित डायलिस गराउन पर्छ, भएको जायजेथा बेचेर उपचार गरियो, अहिले सबै सकियो ।’ ‘रुदै भनिन् अलिअलिआमाले गर्नुुहुन्थ्यो आमापनिनसासम्बन्धी समस्याले थला पर्नु भयो ।’ भाइपनिअपाङ्ग छ, घरमाआर्जन गर्ने कोही छैन भएकाआफन्तपनि टाढिए, केहीबोल्दैन्, अहिले आफ्न्त पर्नेको घरमा बस्दै आएका छौं ।’उमेरले भर्खर ३१ वर्ष टेक्दै गरेकी सुबेदीले उपचारकालागि सहयोगको याचना गर्र्दै रोगमुक्तभई पूरानै दैनिकीमाफर्किन मन लागेको सुनाइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...