पोखराका विभिन्न क्षेत्रमा सोमबार दिँउसो विद्युत सेवा अवरुद्ध हुने भएको छ ।विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्रले दिएको जानकारी अनुसार तातोपानी फिडर अन्तर्गत पर्ने क्षेत्रहरु लामाचौर, बाटुलेचौर, अर्मला, घार्मी, पुरनचौर, लाहाचोक, घाचोक, दीप, भुर्जुङखोला लगायतका क्षेत्रमा सेवा अवरुद्ध हुन लागेको छ ।
सोमबार पूर्वान्ह साढे १० बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुन लागेको हो । रुखका हाँगा तथा बाँस काट्ने कार्य गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध गर्नु परेको प्राधिकरणको भनाई छ ।सोमबार मौसम अनुकुल नरहेमा सेवा प्रवाहमा केही फेरबदल हुन सक्ने पनि जानकारी दिइएको छ ।