पोखरा, असोज १४ गते । पोखरा महानगरपालिका हेम्जामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । आज विहान भिरबाट लडेर ४८ वषीय ओङ्छु शेर्पाको मृत्यु भएको हो ।
आठ आठ चालिसको समयमा सोलुखुम्बु लिखुपिके घर भई हाल महानगरपालिका २५ हेम्जा स्थित फेमाछाल शाक्य गुम्बामा चौकीदारको काम गर्ने शेर्पा भिरबाट अन्दाजी ३०० मिटर तल खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली पुगेको थियो भने घटनाको विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।